नियम ४२
शिक्षण संस्थाको वर्गीकरण
(१) चिकित्सा शिक्षा प्रदान गर्ने शिक्षण संस्थालाई देहायको
आधारमा "क","ख" र "ग" गरी तीन श्रेणीमा वर्गीकरण गरिनेछः- (क) सिट सङ्ख्या र पढाई हुने विधा, (ख) जनतालाई पुरयाएको सेवा, (ग) भौतिक पूर्वाधार (जग्गा तथा भवन र फर्निचर), (घ) जडित उपकरण र त्यसको पर्याप्तता, (ङ) फ्याकल्टीको सङ्ख्या र योग्यता, (च) निःशुल्क सेवा, (छ) सजूचालित होस्टलको अवस्था र खानाको प्रबन्ध, (ज) अस्पतालका बेडको प्रयोगको अवस्था, (झ) शिक्षण संस्थाले अनुसन्धानको क्षेत्रमा गरेको कार्य, (ज) सामाजिक दायित्व पूरा गरेको अवस्था ।
(२) उपनियम (१) मा उल्लिखित पूर्वाधारहरूलाई मूल्याङ्कन गर्न आयोगले सूचकाङ्क र अङ्कभार सहितको मूल्याङ्कन निर्देशिका जारी गर्नेछ।
(३) आयोगले विज्ञ सम्मिलित टोलीद्वारा स्थलगत निरीक्षण अनुगमन गराई शैक्षिक संस्थाहरूको मूल्याङ्कन गर्नेछ।
(४) मूल्याङ्कनको अङ्कभार एकसय पूर्णाङ्कको हुनेछ र मूल्याङ्कनबाट नब्बे प्रतिशत वा सो भन्दा बढी अङ्क पाउनेलाई “क” श्रेणी, असी देखी नब्बेसम्म अङ्क पाउनेलाई "ख" श्रेणी र सत्तरी देखि असी अङ्क पाउनेलाई “ग” श्रेणी कायम गर्नेछ।
(५) प्रत्येक शिक्षण संस्थाले आफ्नो संस्थाको स्वमूल्याङ्कन गरी त्यस्तो विवरण आयोग समक्ष पेश गर्नु पर्नेछ ।
(६) उपनियम (१) बमोजिमको शिक्षण संस्था वर्गीकरण गरेको सूचना आयोगले सार्वजनिक गरी सम्बन्धित शिक्षण संस्थालाई श्रेणी खुलेको प्रमाणपत्र प्रदान गर्नेछ।